आदरणीय सिनेटरज्यू हरु,

हामी जुन १८ तारीखमा हुने हाम्रो बार्षिक साधारण सभाको तयारीमा जुटीरहेका बखत समता स्कूलका संस्थापक श्री उत्तम संजेलको भनिएको एक भिडियो अन्तर्वाताले समता ग्लोबल सिनेट र यसका सदस्यहरुको चरीत्र हत्या गर्ने किसिमको मिथ्या समाचार सम्प्रेषण भएको छ। यसले तपाईं हामी सबैलाई विस्मातपूर्ण आश्चर्यमा पारेको छ र दुखी तुल्याएको छ। “समता स्कुलको नाममा अमेरिकामा लाखौं डलर हिनामिना” भन्ने शीर्षक सहीत प्रकाशित भ्रामक समाचरको सोही नेटवर्कमा उपस्थित भएर सिनेटका अध्यक्षले खण्डन गर्नुभएको छ।

False Accusation!

हेर्नुहोस भिडियो – https://fb.watch/l3LhmctedH/ 

शिक्षाको माध्यमबाट बालबालिकाको जीवनमा उज्यालो छर्ने यहाँको प्रतिबद्धतामा हामी संगसंगै छौं। यस्ता भ्रामक आरोपहरुबाट बिचलित नहुन हामी सबै आदरणीय सिनेटर ज्यूहरुलाई आग्रह गर्न चाहन्छौं। 

आर्थिक अनुशासन र पारदर्शिता कायम राख्ने र सबै कानून र नियमहरूको पालना सधैं हाम्रो पहिलो प्राथमिकतामा रहनेछ। यहॉंले हामीलाई प्रदान गर्नुभएको विश्वास र समर्थनमा कुनै क्षति हुन नदिनको लागी हामी प्रयासरत छौं। यसका लागि, सबै वित्तीय गतिविधिहरूको सारांश हाम्रो वेबसाइटमा प्रकाशित गरिएको छ। हाम्रो हिसाबकितावमा पारदर्शिता कायम गर्नको लागी शुरुदेखि नै स्थापित, व्यावसयिक, र स्वतन्त्र CPA ज्यूहरुद्वारा नै विवरणहरु तयार गरीएका छन। 

पुनश्च, सिनेटको बार्षिक साधारण सभामा यहाँको गरीमामय उपस्थितिको लागी पुनः हार्दिक अनुरोध गर्दछौं। यदि कारणवस यहाँ उपस्थित हुन सक्नुभएन भने पनि बार्षिक साधारण सभाबाट भएका निर्णयहरु र रिपोर्टहरु यहाँ समक्ष पुर्याउने प्रतिबद्धता प्रकट गर्न चाहन्छौं। 

भर्चुअल सहभागिताको लागीः यदि यहाँले सिनेटमा भर्चुअल सहभागिता जनाउन चाहनुहुन्छ भने कृपया हामीलाई जानकारी गराउनुहोला। सिनेट मिटिङको लिङ्क पठाउने छौं। Email: samataglobalsenate@gmail.com

समता ग्लोबल सिनेटका वारेमा हालसालै आएका केहि जिज्ञासाहरुलाई यहाँ प्रश्न र उत्तरको रुपमा प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *