समता ग्लोबल सिनेट के हो र यसले के काम गर्छ र यसमा सहभागिता जनाउन के गर्नु पर्छ ?

गुणस्तरीय शिक्षाको पहुंचमा सहजता ल्याउने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था हो। यसले ग्लोबल इन्डाउमेन्ट फण्डको निर्माण र व्यवस्थापन गर्छ। यसमा विभिन्न तरिकाले सहभागी बन्न मिल्छ। सामान्यतः सिनेटर बन्न वा अनलाईन डोनेशन गर्न सकिन्छ। आफ्नो नाममा छात्रवृत्ति स्थापना गर्न पनि सकिन्छ। शिक्षाको माध्यमबाट राष्ट्रनिर्माणमा टेवा पुऱ्याउने खालका कामहरुमा हामी सहकार्य गर्न चाहन्छौं। हाम्रो प्राथमिकता “माछा खुवाउने” भन्दा बढी “माछा मार्न सिकाउने” मा रहेको छ। रिसोर्स म्यानेजमेन्ट, कम्युनिटि एन्गेजमेन्ट, लीडरसीप डेभेलपमेन्ट जस्ता विषयमा विद्यालयहरुलाई सशक्तिकरण गर्ने हाम्रो चाहना रहेको छ। नेपाल सरकार, स्थानीय निकायहरु, स्थानीय बुद्धीजीवीहरु, व्यावसायहरु र अन्य सरोकारवालाहरुसंग सहकार्य गर्दै शिक्षाको पहुंचमा सहजता ल्याउंदै जाने हाम्रो उद्देश्य हो।

यसमा आवद्ध भएका आजीवन सदस्यहरुवाट उठाइएको रकम के कति हो र यसको परिचालन कसरी गरिन्छ ?

सिनेटका आजीवन सदस्यलाई हामी सिनेटर भन्छौं। सिनेटरहरुलाई हामीले एक प्रतीज्ञा गरेका छौं कि उहॉंहरुको सदस्यता शुल्क (१००० डलर) को सॉंवा रकम कहिल्यै पनि खर्च हुँदैन। त्यो ग्लोबल च्यारिटि इन्डाउमेन्टमा जम्मा हुन्छ। यो इन्डाउमेन्टको सॉंवा चलाउन मिल्दैन। अन्य रकम चाहिं पार्टनर स्कूललाई ग्रान्टको रुपमा दिइन्छ। पार्टनर स्कूल मार्फ़त शैक्षिक कार्यक्रमहरुमा खर्च गरिन्छ। 

अमेरिकामा रहेको समता ग्लोबल सिनेट र नेपालमा सञ्चालित समता विद्यालय वीचको आधिकारिक सम्वन्ध के हो ?

समता विद्यालय नेपालमा दर्ता भएको स्वतन्त्र संस्था हो। समता ग्लोबल सिनेट संयुक्त राज्यमा दर्ता भएको गैर नाफामुखी संस्था हो। हाम्रो मिशन भनेको विद्यालयहरूलाई सशक्त बनाउनु हो। हामीले गत वर्ष हाम्रा वेबसाइटहरू, सामाजिक सञ्जालहरू र कार्यक्रमहरू मार्फत समता स्कूललाई ​​प्रवर्द्धन गरेका थियौं। हामीले समता स्कुलका संस्थापक श्री उत्तम सञ्जेलको अमेरिका भ्रमणलाई प्रायोजन गर्यौं र समता स्कुललाई अनुदान दियौं। गतबर्ष हामीले समता स्कूललाई २९,२४५ अमेरिकि डलर ग्रान्ट दिएका छौं।

समता ग्लोबल सिनेटलाई नेपालको  समता विद्यालयको बारेमा प्रश्न, गुनासो र जिज्ञासा प्राप्त भएका छन। तर सिनेटले समता स्कुल संचालन गर्दैन। यसको जानकारी गराउन हामीले सिनेटको सोसल मिडीया पेजमा फेब्रुअरी २ तारीख़मा एक सूचना प्रकाशित गरेका थियौं।

समता ग्लोबल सिनेटले साझेदार विद्यालयहरूको सम्पत्ति, दायित्व र व्यवस्थापनलाई नियन्त्रण गर्दैन। समता ग्लोबल सिनेट एक स्वतन्त्र दातृसंस्था हो। साझेदार विद्यालयहरूसँगको हाम्रो सम्बन्ध दाता र अनुदानमा सीमित छ। 

समता ग्लोबल सिनेटका आजीवन सदस्यहरुवाट उठाइएको रकम के कस्तो अवस्थामा रहेको छ ? 

फिडेलिटी नामक वित्तीय संस्थामा 3EDGE Asset Management नामक कम्पनिले म्यानेज गर्नेगरी इन्डाउमेन्ट फन्डको सिर्जना भएको छ। 

समता ग्लोबल सिनेटका सिनेटरहरुले प्रदान गर्नु भएको दान कुन क्षेत्रमा खर्च गरिने छ ?

सिनेटर शुल्कको सॉंवा इन्डाउमेन्टमा जान्छ। अन्य रकमबाट पार्टनर स्कूललाई अनुदान दिइन्छ। 

समता ग्लोबल सिनेटका सिनेटरहरुले प्रदान गर्नु भएको दान परिचालनको लागि के कस्तो मापदण्ड या निर्देशिका तयार पारिएको छ ? 

हालसम्म सामान्य निवेदनकै आधारमा पार्टनर स्कूललाई उपलब्ध गराउँदै आएका छौं। यति रकम यो प्रयोजनको लागी आवश्यक छ भनी माग गरेको आधारमा दिएका छौं। सिनेटको इन्डिपेन्डेन्ट रिभ्यू कमिटिले आवश्यकता अनुसार मापदण्डहरु निर्धारण गर्छ र प्रस्तावहरुको मुल्याङ्क गर्छ। 

समता ग्लोबल सिनेटको मूल धनमा थप हुने आधार के छन र यसमा कति सम्म संकलन गर्ने लक्ष्य राखिएको छ ? 

हाम्रो ग्रान्ट कमिटिले ग्रान्ट लेख्दैछ। मेम्बरसिप कमिटिले थप सिनेटरहरुको आव्हान गर्दैछ। फण्डरेजिङ् कमिटिले कार्यक्रमहरु बनाउँदैछ। आगामी पॉंच बर्षभित्र एक मिलियन डलरको इन्डाउमेन्ट बनाउने लक्ष्य रहेको छ। 

यो संस्थाको सम्पूर्ण रुपमा खर्च गर्ने अधिकार कसलाई हुन्छ ?

साधारणसभाले दिएको निर्देशनभित्र रही कार्यसमितिले खर्च गर्न सक्छ। तर सिनेटर शुल्क चाहिं इन्डाउमेन्ट फन्डमा कहिल्यै खर्च नहुने गरी राख्ने व्यवस्था हाम्रो विधानमै छ। 

शुरुमा समता ग्लोबल सिनेट को वेबसाइटमा समता स्कूल का फोटोहरु राखिएको थियो। अहिले देखिंदैनन नि, किन हटाइएको हो?

समता स्कूल हाम्रो पहिलो पार्टनर स्कूल हो। त्यसकारण हामीले उहॉंहरुलाई मदत गर्दै आएका हौं। उहॉंहरुकै अनुरोधमा उहॉंहरुले पठाएका फोटोहरु हामीले राखेका थियौं। उहॉंहरुलाई समता स्कूलको प्रचार गर्ने इच्छा रहेको थियो। हामीले पनि मन खोलेरै प्रचार प्रसार गरेका हौं। पछिल्लो समय सकूलले नै ती फोटाहरु हटाउन अनुरोध गरेपछि हटाइएको हो। 

सिनेटले स्कूललाई कसरी चिन्दछ?

सिनेटले स्कूललाई पहिलो पार्टनर स्कूलको रुपमा चिन्दछ। उहॉंहरुसंग दीर्घकालिक साझेदारी गर्ने हाम्रो शुरुवाति चाहना पनि रहेको थियो। 

स्कूलले सिनेटलाई कसरी चिन्दछ?

आधिकारिक रुपमा भन्नुपर्दा स्कूलले सिनेटलाई चिन्दैन। सिनेटले सन २०२२ मा पठाएको ग्रान्टको रिपोर्ट माँग गरेर पत्र पठाएको छ। सिनेटले स्कूललाई थप रकमको आवश्यकता भए सो को प्रस्ताव पठाउन पनि आग्रह गरी पत्राचार गरेको छ। साथै सिनेटले रिपोर्ट लेखन र प्रस्तावलेखनमा समस्या भए स्कूलका पदाधिकारी, प्रशासक, वा शिक्षकहरुलाई तालीम र लीडरसिप डेवेलपमेन्टका अवसरहरु दिनको लागी मनोनयन पठाउन आग्रह सहित पत्राचार गरेको छ। तर स्कूलले रिपोर्ट पनि पठाउँदैन, प्रस्ताव पनि दिंदैन, र तालीम र लीडरसिप डेवेलपमेन्टका अवसरहरुको लागी मनोनयन पनि पठाएको छैन। 

समता ग्लोबल सिनेटमा उत्तम संजेलको भूमिका के हो? 

गतबर्ष सिनेटको आयोजनामा आयोजित कार्यक्रममा संजेल एक अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थ्यो। सिनेटका तर्फबाट उहाँलाई सात हज़ार डलर सहयोग गर्ने सहमति भएको थियो। 

समता ग्लोबल सिनेटको कार्यक्रममा उत्तम संजेललाई कुन शर्तमा अमेरिका ल्याइएअको हो? 

 उहॉंलाई अमेरिका निमन्त्रण गर्दा सिनेटको तर्फबाट पटक पटक उहॉंको के “एक्सपेक्टेशन” छ भनेर सोधिएको हो। उहॉंले एक हज़ार देखि सात हज़ार डलर जति दिनुभएपनि भैहाल्छ भन्नुभएको हो। तर सिनेटले सात हज़ार डलर नघटाईदिने बचन दिएर अतिथिको रुमपा बोलाइएको हो। तर पछि उहाँले थप रकम माग गर्नुभएपछि उहाँलाई जे जति रकम चाहिएको हो, निवेदन लेखेर माग गर्नुहोस र लैजानुहोस भनियो। त्यसपछि उहाँले थप १४,८४५ डलर थप लिन चाहेको भनेर निवेदन दिनुभयो र सोही बमोजिम बुझेर लैजानुभयो। उहाँले पटक पटक सिनेटसंग माग गर्नुभएको छ। हालसम्म उहाँले रकम तोकेर मागेको जति सिनेटले दिइसकेको छ। गत बर्ष उहाँले सिनेटबाट लिएको आधिकारिक ग्रान्ट रकम जम्म २९,२४५ डलर हो। 

७ हजार दिने शर्तमा बोलाएको हो भने फेरी किन र कसरी २९ हज़ार डलर दिइयो?

समता स्कूलका संस्थापकले थप रकमको माग गरेर निवेदन दिनुभयो। त्यसकारण समता स्कूलबाट माग भए बमोजिम रकम दिइएको हो। धेरै दाताहरुबाट ३ डलर देखि ८०० डलरसम्मका विभिन्न राशीका डोनेशनका रकमहरु सिनेटको खातामा जम्मा हुन आएको अवस्था थियो। सोहि रकमबाट समता स्कूललाई रकम दिन सम्भव भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *