समता सिनेटर एक उपाधि हो, जो जसले गरेको कार्यमा समभावको प्रतिबद्धता (Commitment to Equity) छ त्यो प्रमाणित भएपछि समता ग्लोबल सिनेटले उपाधी प्रदान गर्नेछ। यो सिनेटरको उपाधी प्राप्त गर्न अमेरिकी $ १,००० डलर शुल्क सहीत सिनेटको वेभसाइटमा रहेको अनलाईन निवेदन दिनुपर्नेछ।
नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउनका लागी स्थापित नाफारहीत संस्था हो। समता सिनेटरको सदस्यता शुल्कबाट एक अक्षयकोष (Endowment Fund) को स्थापना र संचालन गरिनेछ। यसबाट प्राप्त हुन आउने व्याजबाट दीगो रुपमा शैक्षिक कार्यक्रमहरु संचालन हुने आशा गरिएको छ।
समता सिनेटका सार्वजनिक कार्यक्रमहरुमा समता सिनेटरहरुले प्राथमिकता पाउनेछन। हरेक समता सिनेटरले समता सिनेटका गतिविधिहरुको अपडेट “समता सूचक” सार्वजनिक हुनुभन्दा पहिला प्राप्त गर्नेछन। समता सिनेटको बिकास र उन्न्यन का लागी दिशानिर्देशमा महत्वपूर्ण निर्णयहरु लिनुपर्ने भएमा सर्वप्रथम समता सिनेटको राय-सुझाव लिइनेछ।
यो समता सिनेटरको उपाधी कुनैपनि व्यक्तिले प्राप्त गरेपछि जीवनपर्यन्त उहॉंको नामसंगै जोडिनेछ। जस्तैः समता सिनेटर श्वेता खरेल.
OUR SAMATA SENATORS
© 2022 Copyrights Sama Global Senate All Rights Reserved.