शिक्षाको गुणस्तरले देशको भविष्यको निर्धारण गर्दछ। हामी सचेत र जिम्मेवार नागरीकहरुले आज के गर्छौं भन्ने कुराले भोलिको रुपरेखा कोर्नेछ। आउनुहोस हामी सबै होस्टेमा हैंसे गरौं र एउटा मार्गचित्र संगौ बनाऔं। ज्ञानमा गरिएको लगानीले उत्तम प्रतिफल दिन्छ। आज हामीले खर्चेको केही समय र छुट्ट्याएको केही सानोतिनो रकमले राष्ट्रका कर्णधारहरु तयार गर्न मदत गर्नेछ। यो अत्यन्तै पवित्र उद्देश्यका साथ स्थापित समता ग्लोबल सिनेटमा सिनेटरको रुपमा जोडिन पाउँदा मलाई धेरै गर्व लागेको छ। म पेशाले इन्जिनीयर हुँ। मलाई लाग्छ कि आज हामी रोइकराई गरेर केहि फाइदा छैन। हाम्रो देशको भविष्यको इन्जिनीयरिङ हामी आफैले आ-आफ्नो स्थानबाट गर्नुपर्छ। जसरी एउटा पुल वा भवन बनाउंदा काठ, छड, र सिमेन्ट लगायतका धेरै निर्माण-सामाग्रीहरुको आवशयकता पर्छ, यसमा पनि धेरै सूझाबुझको, लगनशीलता, र संयमको आवश्यकता पर्छ तर यो राष्ट्रनिर्माणको मेगा-इन्जिनीयरिङ कार्य सफल पार्न चाहिने सबैभन्दा आवश्यक निर्माण-सामाग्री भनेको नेपाली मन नै हो। ई. गोपेन्द्र भट्टराई, समता सिनेटर
© 2022 Copyrights Sama Global Senate All Rights Reserved.