अगस्त १३, २०२३ मा आयोजित समता ग्लोबल सिनेट (SGS) को विशेष AGM बाट भएगरेका निर्णयहरु
(१) सचिवको प्रतिवेदन सर्वसम्मतिले पारित
समता ग्लोबल सिनेटको स्थापना कालदेखि संस्थागत रुपमा भए गरेका प्रसासनिक गतिबिधिहरु को संक्षिप्त बिवरण साधारण सभाबाट पारीत भएको छ। यस अधि सोही कार्यक्रमको बिस्तृत बिवरण सचीब श कैलास जंग डांगीले जुन १८ शिकागोमा मा प्रस्तुत गर्नुभएको थियो। प्रत्यक्ष प्रासारण गरिएको सोही बिवरण पारित गर्नको लागी सचीबले प्रस्ताब गर्नुभएको थियो।
(२) कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित भयो।
समता ग्लोबल सिनेटको स्थापना कालदेखि संस्थागत रुपमा भए गरेका आर्थिक गतिबिधिहरु को संक्षिप्त बिवरण साधारण सभाबाट पारीत भएको छ। यस अधि सोही कार्यक्रमको बिस्तृत बिवरण कोषाध्यक्षले जुन १८ शिकागोमा मा प्रस्तुत गर्नुभएको थियो। प्रत्यक्ष प्रासारण गरिएको सोही बिवरण पारित गर्नको लागी कोषाध्यक्षले प्रस्ताब गर्नुभएको थियो।
(३) नाम परिवर्तनको प्रस्ताव फेल भयो।
समता ग्लोबल सिनेट र समता स्कूल बीचमा भ्रम उत्पन्न हुनसक्ने संभावनालाई न्यूनिकरण गर्न र सिनेटर ज्यूहरुलाई सुसूचित गर्नको लागी संरक्षक मदनकृष्न श्रेष्ठ ज्यूको प्रस्ताव बमोजिम सिनेटको २०२२/१२/२५ बसेको बैठकले पारीत गरीसकेको निर्णयलाई सर्वसम्मतिले पारीत गर्न बार्षिक साधारणसभामा प्रस्तुत गरिएको थियो। समता ग्लोबल सिनेटको नाम परिवर्तन गरी ग्लोबल एजुकेशन सिनेट भनी नाम परिवर्तन गर्ने निर्णय साधारण सभाबाट पारित हुन सकेन । संस्थाको नाम यथावतै रहनेछ। समता ग्लोबल सिनेट अमेरिकामा स्थापित नाफारहित संस्था हो, यसले नेपालमा रहेको स्वतन्त्र विद्यालयहरुको संचालन गर्दैन भनेर सर्वसाधारणलाई सुसूचित गर्नको लागी सबै सिनेटर ज्यूहरुले मदत गर्नुहुनेछ।
(४) कोष बाँडफाँड प्रक्रियामा आजीवन सदस्यहरूको चिन्तालाई सम्बोधन गर्न विशेष ध्यान दिइयो। दाताहरुको नियत र पालनाको विषयलाई विशेष ध्यान दिनुपर्ने निर्णय गरियो । चर्को बहसपछि विशेष साधारणसभाका सदस्यहरूसमक्ष प्रस्ताव पेश गरी बहुमतले अनुमोदन गरियोः
(1) SGS ले सबै आजीवन सदस्यहरूलाई सम्पर्क गर्नेछ र उनीहरूको आजीवन सदस्यता शुल्क कसरी वितरण गर्ने भनेर अनुरोध गर्नेछ। सिनेटरहरूको मनसाय सङ्कलन गर्न भरपर्दो विधि प्रयोग गर्नुपर्छ।
(२) SGS ले आजीवन सदस्यता शुल्क आफूलाई फिर्ता गर्न व्यक्त गर्ने सदस्यहरूको आजीवन सदस्यता शुल्क फिर्ता गर्नेछ। शुल्क फिर्ता गर्दा सबै अनुपालन नियमहरू पालना गरिनेछ। अनुपालन मामिलाहरूमा सल्लाहको लागि आवश्यक भएमा स्वतन्त्र समीक्षा समितिलाई सम्पर्क गरिनेछ।
(३) SGS ले आजीवन सदस्यता शुल्क समता स्कूलमा पठाउन व्यक्त गर्ने सदस्यहरूको आजीवन सदस्यता शुल्क समता स्कूलमा पठाउनेछ। समता विद्यालयमा शुल्क पठाउँदा सबै नियम पालना गरिनेछ । अनुपालन मामिलाहरूमा सल्लाहको लागि आवश्यक भएमा स्वतन्त्र समीक्षा समितिलाई सम्पर्क गरिनेछ।
(४) SGS ले आजीवन सदस्यता शुल्क बन्दोबस्ती कोषमा राख्ने भनी व्यक्त गर्ने सदस्यहरूको SGS को आजीवन सदस्यता शुल्क राख्नुपर्नेछ।
(५) आजदेखि सुरु भएको ३५ दिनभित्र आजीवन सदस्यहरूको मनसायको अभिलेख सङ्कलन गरी टुङ्गो लगाइनेछ।
विवादास्पद विषयहरुलाई सम्बोधन गर्न पूजा चन्दको नेतृत्वमा एक स्वतंत्र छानबीन समिति गठन गरिएको छ। साधारणसभामा डोनर इन्टेन्सन, कम्युनिकेशन, र कम्प्लायन्स (Donor intention, communication, and compliance) तीनवटा विषयमा जोड दिएको छ। यी तीनैवटा विषयलाई दृष्टिगत गरी स्वतंत्र छानबीन समितिले उपयुक्त सुझाव दिनेछ। समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु र विज्ञहरु रहेको उक्त छानबीन समितिले विवादास्पद विषयहरुलाई सम्बोधन गर्न सुझाव दिनेछ।